PRABHU BANK

ग्लोबल आइएमई बैंकको नयाँ शाखा ओखलढुंगाको रमाइलो डाँडामा, कुल शाखा १४९ पुग्यो

काठमाडौँ – ग्लोबल आइएमई बैंकले बुधबार प्रदेश नं. १को ओखलढुङ्गा जिल्ला, सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाइलो डाँडाबजारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । ओखलढुङ्गा शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालय संख्या १४९ पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथाशाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
बैंकले १४९ वटा शाखा, ३० वटा राजश्व संकलनतथाएक्सटेन्सन काउण्टर, १५० एटिएम तथा१९३शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको हो ।
त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवाको साथमा रु. १५ लाखसम्मको बिना धितो प्रोफेशनल कर्जा पनि प्रदान गर्दै आइरहेको छ । साथै अष्टे«लिया, बेलायत र भारतमाप्रतिनिधि÷सम्पर्क कार्यालय स्थापना गरेर सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै