PRABHU BANK

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बन्दीपुरमा विस्तार, कति पुग्यो शाखा सञ्जाल ?

global ime bank
  • बैंकिङ संसार 
काठमाडौँ । ग्लोबल आइएमई बैंकले सोमबार तनहूँ जिल्लाको बन्दीपुर गाँउपालिका वडा नं. २, बन्दीपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बन्दीपुर शाखा सञ्चालनसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १५०पुगेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदानगर्दै आइरहेको छ ।
बैंकले १५० वटा शाखा, ३० वटा राजश्व संकलनतथा एक्सटेन्सन काउण्टर, १५० एटीएम तथा१९४शाखारहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै