PRABHU BANK

दुखद् खबर : कार दुर्घटनामा ग्लोबल आईएमई बैंकका प्रवन्धकको मृत्यु

काठमाडौँ । ग्लोबल आईएमई बैंकका शाखा प्रबन्धकको कार दुर्घटनमा परी मृत्यु  भएको छ । सोमबार विहान बहिनीको विवाहमा जाँदै गर्दा कपिलबस्तु बनगाई शाखाका प्रबन्धक सुरज पाण्डेको मृत्यु भएको हो । 
कारमा सवार अन्य ५ जना घाइते छन्। घाइतेमध्ये २ जनालाई उपचारका लागि बुटवल लगिएको छ भने अन्य ३ जनाको स्थानिय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गको वोर्डगाउँ नजिककै उक्त घटना घटेको हो । 
पाण्डेले बा. ६ च ६३९० नम्बरको कार आफैले चलाएका थिए । उनको कार दुर्घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेका कारण कार दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कार अनियन्त्रित भइ सडक किनारको बिजुलीको पोलमा ठोक्‍किएको थियो । 
पाण्डे बनगाई शाखामा केहि अघि मात्र आएको बैंकको उक्त शाखाले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै