PRABHU BANK

नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्दै, आज दिउँसो ३ बजे बोलकबोल

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँको ९१ दिन अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो । आज (भदौ १३ गते) दिउँसो ३ बजे ट्रेजरी बिलको बोलकबोल हुने भएको छ ।
बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।
नेपाल राष्ट्र बैंकका अनुसार ९१ दिने ट्रेजरी बिल मंसिर १३ गते परिपक्व हुनेछ । यस अघि राष्ट्र बैंकले २८ दिन अवधिको २ अर्ब रुपैयाँ, ९१ दिन अवधिको ५ अर्ब २३ करोड ३२ लाख रुपैयाँ १८२ दिन अवधिको ६ अर्ब रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब गरी कूल १२ अर्ब २३ करोड ३२ रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै