PRABHU BANK

बैंकहरुको निक्षेप संकलन अझै बढेन सकेन

Bank
  • बैंकिङ संसार
काठमाडौँ । बैंकहरुको निक्षेप संकलन हालसम्म बढ्न सकेको छैन । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत साता बैंकहरुको निक्षेप १ अर्बभन्दा कमले बढेको छ । भदौ ३ गतेसम्ममा ४४ खर्ब २५ अर्ब ६५ करोड रुपैयाँ रहेको निक्षेप भदौ १० गतेसम्ममा ४४ खर्ब २६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।
गत साता बैंकहरुको कर्जा लगानी भने करिब २ अर्ब रुपैयाँले बढेको छ । भदौ ३ गतेसम्ममा ४१ खर्ब ७८ अर्ब २५ करोड रुपैयाँ रहेको कर्जा लगानी बढेर ४१ खर्ब ७९ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो । निक्षेप बढ्न नसक्दा बैंकहरुको सिडि रेशियो खासै घट्न सकेको छैन । भदौ १० गतेसम्ममा बैंकहरुको औसत सिडि रेशियो ८८.४२ प्रतिशत कायम भएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै