स्मार्टसेल प्रकरणमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका कनिष्ठ सहायक संगितको बयान- ‘मलाई वास्तविक के हो थाहा छैन’

काठमाडौँ । सरकारी स्वामित्वमा गईसकेको सम्पत्तिको गैरकानुनी लिलामी प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ, अध्यक्ष र संचालकविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी, संगठित अपराध र बैंकिङ कसुरको मुद्धा परेको छ । सीआईबीको लामो अनुसन्धानपछि दायर भएको यो मुद्धामा प्रहरीले नेपाल इन्भेष्टमेन्ट बैंकको मिलेमतोमै सरकारी स्वामित्वमा आईसकेको स्मार्ट सेलको सम्पत्ति एनसेलले पाउनेगरी लिलाम गरेको दाबी गरेको छ ।

यो प्रकरणमा प्रहरीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा हेम्जा कार्यालय, कास्कीमा कनिष्ठ सहायक पदमा काम गर्ने संगित कतिलाको समेत बयान लिएको पाइएको छ ।

उनले बयानमा आफुलाई वास्तविक के हो मलाई केही थाहा छैन, मिडियामा यस्तो खबर आएपछि मात्र थाहा पाएको हो भनेका छन्।  हेर्नुहोस् उनले प्रहरीमा दिएको बयान जस्ताको त्यस्तै:

यो ऋण काण्डको सबै विवरण बैंकिङ संसारको बैंकिङ अफेन्स केस स्टडी पेजमा हेर्न सकिन्छ । 

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्