काठमाडौँ । राष्ट्र बैंकले कमजोर नियमन गर्दा केसम्म हुन्छ र देख्नुपर्छ भन्ने कुराका पछिल्ला दुई उदाहरण हुन्। कर्णाली डेभलपमेन्ट बैंकको पतन र कुमारी बैंकको फेक नाफा । राष्ट्र बैंकले अघिल्लो त्रैमाससम्म सब ठिक छ भनेको कर्णाली डेभलपमेन्ट बैंकलाई सब ठिक छ भनेको केहि समयभित्रै टेकओभर गरियो । पछि राष्ट्र बैंककै अधिकारीहरुले नगद र आइफोन घुस लिएकोसमेत विषय बाहिर आयो । अहिले कर्णालीका बचतकर्ताहरु आन्दोलनमा समेत छन् ।
यस्तै राष्ट्र बैंकले आँखा चिम्लिदा सेयरधनी र अन्य सरोकारवालाहरुलाई पनि धोका भईरहेको विषय हो कुमारी बैंकको नाफा । कुमारी बैंकले खराब कर्जालाई लुकाएर तिनलाई सक्रिय कर्जा भनी देखाउन र प्रोभिजन पनि नगर्न भन्दै पठाएको इमेल बैंकिङ संसारले सार्वजनिक गरेको थियो । त्यसपछि अन्य मिडियाहरुमा पनि यो खबर सार्वजनिक भएको थियो । तर, सिधासिधा यसरी बदमासी भएको थाहा पाउँदा पनि बैंकलाई राम्रो देखाउने नाममा राष्ट्र बैंक चुप लाग्दा कुमारी यसपटक पनि नाफामा गएको अंकमा देखिएको छ ।
खराब कर्जा जति सबै लुकाएपछि र त्यसमा राष्ट्र बैंकले नहेरेपछि कुमारी बैंकको नाफा ७ अर्व नाघेको देखिएको छ । बैंकका अध्यक्षको राजनीतिक कनेक्सनका कारण राष्ट्र बैंकले कुमारीको बदमासी हेर्न नखोज्दा कुमारीको यस्तो नाफा देखिएको हो । यो नाफा फेक हो भन्ने तथ्य खराब कर्जा लुकाउन बैंकबाट प्रेसित इमेलबाट नै प्रष्ट हुन्छ ।
यसअघि पनि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीसँगको अन्तरंग सम्बन्धका कारण कुमारीलाई यस्तो बदमासी लुकाउन राष्ट्र बैंककै तत्कालीन गभर्नर अधिकारीले साथ दिएका थिए । कुमारीका सीइओ रामचन्द्र खनाल र प्रभुका सीइओ अशोक शेरचनलाई गभर्नरको सामान्य धर्मसमेत बिर्सिएर गभर्नर अधिकारीले साथ दिएको आरोप लाग्दै आएको छ । अधिकारीले दिनु भनेर दिएकै ऋणका कारण प्रभु बैंकमा अहिले समस्या देखिएको छ भने कुमारीको हुँदै नभएको नाफा पनि देखिएको छ ।
फेक नाफा देखाउन दिए पनि लाभांशमा लाग्न सक्छ ब्रेक
दुईतिहाईको सरकारका शक्तिशाली सांसद जोडिएको बैंक भएकाले उसले गरेका बदमासीमा खासै कडा नबने पनि यसरी नाफा फेक हो भन्ने जान्दाजान्दै देखिएको कुमारीको नाफामा लाभांश दिन भने नपाउनेगरी अघि बढ्नुपर्ने सुझाव राष्ट्र बैंकका अधिकारीहरुले सम्बन्धित पक्षलाई गराएका छन् ।
यद्यपी कुमारी बैंकको नेतृत्व भने नेताकै पावर लगाएर राष्ट्र बैंकमासमेत हस्तक्षेप गर्दै आफुले भनेकै कुरा गराउन लागि परेको बुझिएको छ । यो पनि हेर्नुहोस्:



