PRABHU BANK

कुमारी बैंकद्धारा फूड फर लाइफ नेपाललाई ५ लाख सहयोग, नायब प्रमुख कार्यकारी अधिकृतद्वारा चेक हस्तान्तरण…!

 kumari bank
  • बैंकिङ संसार 
काठमाडौं । कुमारी बैंकले गैरसरकारी संस्था फूड फर लाइफ नेपाललाई ५ लाख सहयोग गरेको छ । संस्थाले न्यून आय भएका परिवारका बालबालिकालाई विद्यालयमा निःशुल्क भोजनको व्यवस्था गर्दै आएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरिले फूड फर लाइफकी अपरेशन प्रमुख अपरा थापा भट्टराईलाई एक समारोहमाझ उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे ।
संस्था तथा बालबालिकालाई सहयोग गर्ने उद्देश्यले बैंकले सो सहयोग गरेको बताएको छ । पोषणको कमीले बालबालिकाको भविष्य तथा शैक्षिक नतिजामा समेत असर पर्ने भएकाले सो सहयोगबाट बालबालिका लाभान्वित हुने विद्यालयको भनाइ छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै