DISH HOME

दाङको घोराहीमा सिद्धार्थ बैंकले गर्यो वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

 siddhartha bank
  • बैंकिङ संसार

काठमाडौं । सिद्धार्थ बैंकले यूकेएड सक्षम एक्सेस टुफाइनान्सको साझेदारीमा दाङको घोराहीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले साना तथा मझौला व्यापारीहरुलाई विशेष गरी बैंकिङ्ग कर्जा सम्बन्धी जानकारी दिएको हो ।
व्यवसाय दर्ता, व्यापार योजना, वित्तीय व्यवस्थापन, कर्जा व्यास्थापन, व्यापार विस्तार, बैंकिङ्ग प्रणाली, कर आदिका महत्वपूर्ण जानकारी प्रदान गर्ने उद्देश्यले गरिएको यस कार्यक्रममा त्यस क्षेत्रका ५० भन्दा बढी साना तथा मझौला व्यापारीहरु सहभागी भएका थिए ।
देशभरि सबै क्षेत्र र वर्गको साना तथा मझौला व्यापारीहरुलाई प्रोत्साहन, सचेतना र सशक्तिकरण गर्ने उद्देश्यले आगामी दिनहरुमा पनि बैंकले यस किसिमका वित्तिय साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताएको छ ।
बैंकले देशभर १८२ वटा शाखा ९३ एक्स्टेन्सन् काउन्टर सहित०, १०१ शाखारहित बैंकिङ्ग सेवा, २०४ एटिएम र १,६०० भन्दा बढी पिओएस मेसिन मार्फत बैैकिङ्ग सेवा दिंदै आएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै