prabhu

ललितपुरको नखिपोटमा सिभिल बैंकको शाखा संचालनमा, उच्चस्तरीय बैकिंग सेवा उपलव्ध गराउने प्रतिवद्धता

 civil bank ltd

  • बैंकिङ संसार

काठमाडौँ  । सिभिल बैंक लिमिटेडले ललितपुरको नखिपोटमा शाखा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकालले उक्त शाखाको उद्धघाटन गरेका हुन् । सोही अवसरमा सिभिल बैंकका अध्यक्ष ईच्छा राज तामाङ्गले कम्युनीटी चाइल्ड सेण्टरलाई २० थान ब्ल्याङ्केट वितरण गरेका छन् । 

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक नखिपोट शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका तथा कार्यक्रमका सभापति अध्यक्ष ईच्छा राज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।
उक्त शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका संचालकहरु लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सिभिल बैंकको हालसम्म ४३०,००० भन्दा बढी ग्राहकहरु रहेको करीव रु. ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५२ अर्व कर्जा लगानी गरेकोे पनि बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै