धनुषाका सम्पूर्ण बैंक शुक्रबार बन्द रहने, अनलाइन कारोबार गर्न ग्राहकहरूलाई बैंकको आग्रह !

काठमाडौँ। तनाव बढेपछि जनकपुरधामसहित धनुषा जिल्लाका सम्पूर्ण बैंकिङ संस्था शुक्रबार बन्द रहने घोषणा गरिएको छ। उक्त निर्णय सुरक्षा अवस्था र कर्मचारी तथा सेवाग्राहीको सुरक्षालाई ध्यानमा राखेर गरिएको जनाइएको हो ।

बैंकिङ सेवा बन्द रहने भएपछि नगद कारोबार, चेक क्लियरिङ, खाता सम्बन्धी सेवा तथा अन्य नियमित बैंकिङ गतिविधि प्रभावित हुने सम्भावना रहेको छ। सम्बन्धित बैंकहरूले अत्यावश्यक सेवा तथा आगामी सूचना सम्बन्धमा ग्राहकलाई आधिकारिक सूचना हेर्न आग्रह गरेका छन्।

यस्तो अवस्थामा बैंकहरूले अत्यावश्यक कारोबारका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्युआर भुक्तानी, एटिएम तथा अन्य उपलब्ध डिजिटल सेवा प्रयोग गर्न ग्राहकहरूलाई सुझाव दिएका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्