PRABHU BANK

एनआईसी एशिया बैंकमा घरबाटै खाता खोल्न सकिने

 nic asia bank
  • बैंकिङ संसार
काठमाडौं । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन एक महिना भन्दा बढी लम्बिएपछि एनआइसी एशिया बैंकले घरबाटै निःशुल्क खाता खोल्ने व्यवस्था गरेको छ । लकडाउनका कारण घरभित्रै भए पनि एनआईसी एशिया बैंकले अनलाइनमार्फत निःशुल्क खाता खोल्न सकिने व्यवस्था गरेको हो । बैंकले विज्ञप्ती जारी गरेर लकडाउनका कारण घरमै बसेस अनलाइनमार्फत ग्राहकले निःशुलक खाता खोल्न सक्ने जनाएको हो ।
“तपाईले आफ्नो बैंकिङ्ग कारोबारहरु कसरी व्यवस्थापन गरीरहनु भएको छ रु के लकडाउनका कारण बैंकमा थन्किएको तपाईको रकमलाई मुद्दती निक्षेपमा स्थानान्तरण गरी थप ब्याज आम्दानी गर्न चुकिरहनु भएको त छैन रु” बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ,“ग्राहकको यस्तै चाहानालाई मध्येनजर गर्दै एन आई सी एशिया बैंकले घरबाटै अनलाईन मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । एनआईसी एशिया बैंकमा खोलिएको मुद्दती निक्षेप खातामा उच्च ब्याजका साथै इन्स्योरेन्स सुविधा पाइने छ ।” 
बैंकका अनुसार ग्राहकहरुले घरबाटै सरल रुपमा मुद्दती निक्षेप खाता खोल्न सकिन्छ । खाता खोल्न कुनै पनि अतिरिक्त शुल्क नलाग्ने समेत बैंकले प्रस्ट पारेको छ । यसअघि एनआईसी एशिया बैंकमा बचत खाता रहेमा सोही खाता नम्बरको आधारमा मुद्दती खाता खोल्न सकिने बैंकले जनाएको छ । बैंकमा खाता नभएका ग्राहकहरुका लागि पनि घरबाटै अनलाइन खाता खोल्न सकिने सुविधा समेत बैंकले उपलब्ध गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै