- बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक कर्मचारी परिवारले लक्डाउनका कारण रोजगार गुमाएका विभिन्न विपन्न परिवारहरुलाई ३० लाखको राहत सामग्री वितरण गरेका छन् । सबै राहत सामग्रीहरु देशका विभिन्न भागहरुमा स्थानीय निकायहरुको समन्वयका साथ वितरण गरिएको बैंकले जानकारी दिएको छ। राहत सामग्री वितरण गर्न प्रयोग गरिएको सबै रकम एभरेष्ट बैंकका कर्मचारीहरुले योगदान गरेका थिए ।