PRABHU BANK

एनसीसी बैंकको ३.३६६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

  • बैंकिङ संसार
काठमाडौं । एनसीसी बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले बैंकको ३.३६६ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजन पछिको मूल्य नेप्सेले १७८ रुपैयाँ १ पैसा निर्धारण गरेको छ ।
बैंकको अन्तिम कारोबार मूल्य १८४ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो । हाल एनसीसी बैंक कुमारी बैंकसँगको मर्जर प्रक्रियामा रहेकोले यस बैंकको कारोबार नेप्सेमा रोक्का गरिएको छ ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्तालाई ७.६३ प्रतिशत नगद र ३.३६६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ । लाभांश प्रयोजनका लागि कम्पनीले कार्तिक १५ गते मंगलबार बुक क्लोज गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै