देवः विकास बैंकको वार्षिक साधारणसभा जेठ १९ गते हुने, कुमारी बैंकमा विलय हुने प्रस्ताव

 Dev bikas Bank
  • बैंकिङ संसार
काठमाण्डौ । कुमारी बैंकमा विलय हुन लागेको देवः विकास बैंकले आफ्नो तेह्रौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंक सञ्चालन समितिको हिजो बसेको बैठकले आउँदो जेठ १९ गते सोमबार काठमाण्डौको लालदरबारस्थित केन्द्रीय कार्यालयमा साधारणसभा गर्ने निर्णय गरेको हो । 
सभामा मुख्य अजेन्डाका रुपमा राखिने कुमारी बैंकमा गाभिने प्रस्ताव पारित हुनेछ। त्यस्तै कुमारी बैंकले देवः विकास बैंकलाई प्राप्ति गर्ने प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए रिपोर्ट) र देवः विकास बैंकलाई कुमारी बैंकले प्राप्ति गर्ने सम्बन्धमा भएको अन्तिम सम्झौता पारित गर्नेछ।
सभामा प्राप्ति प्रक्रियामा डीडीए रिपोर्टका आधारमा देवः विकास बैंकको १ कित्ता सेयरबराबर कुमार बैंकको ०.८६ कित्ता सेयर ९सेयर स्वाप रेसियो० कायम गर्ने प्रस्ताव पनि पारित हुनेछ।
यसैगरी सभामा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव लाभांश पनि पारित हुनेछ। बैंकले हालको चुक्तापुँजी ३ अर्ब १७ करोड ७१ लाख ९२७.४६ रुपैयाँको ८.५५ प्रतिशतले हुन आउने २७ लाख १६ हजार ४२१.२९ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्