PRABHU BANK

मल्टिपर्पस फाइनान्सको वित्तिय विवरण सार्वजनिक, ४ लाख १८ हजार रुपैयाँ खुद नाफा

  • बैंकिङ संसार
काठमाडौं । मल्टिपर्पस फाइनान्सको चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ ।फाइनान्सले ४ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा फाइनान्स १ लाख ५२ हजार रुपैयाँ नोक्सानमा थियो ।
यसअवधिमा कम्पनीको सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले नाफा बढेको हो । योसँगै कम्पनीको इम्पेरिमेन्ट चार्ज पनि रिभर्स भएको छ ।
फाइनान्सको सञ्चालन नाफा ३.५८ प्रतिशतले बढेर ८८ लाख ४ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी भने ३.५८ प्रतिशतले घटेर ४९ लाख ६ हजार रुपैयाँमा सीमित भएको छ ।
मल्टिपर्पसको असोज मसान्तसम्म प्रतिसेयर आम्दानी ३७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ ३२ पैसा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै