PRABHU BANK

सेञ्चुरी कमर्सियल बैंक र दराज केयमु प्रालिबीच सम्झौता

  • बैंकिङ संसार
काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रा. लि. बीच सम्झौता भएको छ । सेञ्चुरी बैंकमा खाता रहेका ग्राहकहरुलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो । यो योजना कार्तिक २५ गतेदेखि लागु हुने भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख व्यापार प्रबर्धन अधिकृत शंकर केसी र दराज केयमु प्रा. लि.का तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका हुन् । बैंकमा खाता रहेका ग्राहकहरुले दराजको ११.११ अभियानमार्फत अनलाईन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५ % वा रु. २,५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २० % वा रु. ३,००० सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्डको -कमर्स सेवा सुचारु गर्नुपर्नेछ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४८ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै