नबिल बैंक र हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता

 Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक र चिनियाँ प्रविधि कम्पनी हुवावेबीच रणनैतिक सहकार्य गर्ने सम्झौता भएको छ। बुधवार नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र हुवावे टेक्नोलजिज नेपालका प्रमुख कार्यकारी अधिकृत डेंग शुइगेनले रणनैतिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर कार्यक्रममा वित्त सेवा व्यापार शाखा, हुवावे इन्टरप्राइज बीजीका अध्यक्ष चाओ चोंग र अन्य प्रतिनिधिहरूले उक्त कार्यक्रममा साक्षीको रूपमा भाग लिएको बैंकले जनाएको छ। नबिल बैंकका लागि क्लाउड डिजिटाइजेसन सेवाबारे दुई संस्थाबीच सम्झौता भएको हो।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हुवावेजस्तो विश्वविख्यात सूचना प्रविधि सेवा प्रदायक कम्पनीसँग रणनैतिक साझेदारी गर्न पाएकोमा उत्साह व्यक्त गरे । उनले यो साझेदारी बैंक र ग्राहक वर्गमा भ्यालु अभिवृद्धि गर्नका लागि रणनैतिक रूपमा महत्वपूर्ण रहेको बताए । सम्झौतामा हस्ताक्षर गर्दै दुवै कम्पनीले फलदायी साझेदारी सिर्जना गर्ने र एक अर्का बीच आपसी–लाभदायी रणनैतिक सहयोग सम्बन्ध निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । हुवावेले नबिल बैंकलाई डिजिटल रूपान्तरणको लागि विभिन्न पक्षका लागि सहयोग पुर्‍याउनेछ। यसबाट नयाँ डिजिटल बैंकिङ्ग, इन्टेलिजेन्ट सुरक्षा प्रणाली, इन्टेलिजेन्ट बैंकिङ्ग प्रवाह, इन्टेलिजेन्ट आन्तरिक व्यवस्थापन आदि हुनेछन् ।
बैंकले नेपालको आधुनिक टेक्नोलोजी बैंकमा नेतृत्व गरी अहम भूमिका खेल्न सक्षम हुने र एक ईकोसिस्टम निर्माण गर्ने छ जसले ‘एभरीवेर इज बैंक, बैंकिङ्ग एट एनिवेर’ पूरा गर्ने बताइएको छ । हुवावेले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सर्वोच्च ग्राहक अनुभवको लागि स्मार्ट र भरपर्दो समाधान प्रदान गर्नेछ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्