National

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्‍यो म्याग्दी जिल्लाका बाढीपहिरो पिडितलाई सहयोग, आउँदा दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता !

 Nepal Investment Bank
  • बैकिंङ संसार 
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले म्याग्दी जिल्लामा बढीपीडित नागरिकहरूलाई टेन्ट र त्रिपाल सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो । बैंकको गण्डकी प्रदेशका प्रबन्धक बिभु श्रेष्ठ र पोखरा शाखा प्रबन्धक धीरज थापाद्वारा जिल्ला समन्वय समितिका व्यवस्थापक देवेन्द्रबहादुर केसी र प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाललाई बैंकले २० वटा पाल र १०० वटा कम्बल हस्तारणतरण गरेको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा प्रहरी नायव उपरीक्षक किरणजंग कुँवर र नेपाल इन्भेष्टमेन्ट बैंक जलजला शाखाका म्यानेजर दिनेश अर्यालसमेतको उपस्थिती रहेको थियो । बैंकले उपलब्ध गराएको एउटा पालमा १० जनासम्म बस्न मिल्ने बैंकले जनाएको छ । 
साथै बैंकले भविस्यमासमेत म्याग्दीमा सामाजिक तथा विपद्को क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ । सहयोग हस्तान्तरण कार्यक्रममा प्रजिअ ढकालले उक्त सहयोगलाई प्रभावित क्षेत्रमा पठाउने बताए । यस्तै विपन्न समुदाय तथा निजी क्षेत्रबाट पनि सहकार्यको आवश्यकता रहेको बताए । पहिरो पीडितहरूलाई सहयोग पुर्‍याउने बैंक तथा वित्तीय संस्थाहरूमध्ये एनआईबीएल पहिलो संस्था हुन पाउँदा गर्व अनुभूति गरेको बैंकले बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै