National

‘खल्ती’ डिजिटल वालेट र नेपाल बैंकबीच समझौता, अब बैंक खाताबाट ग्राहकले सिधै बस्तु तथा सेवाको भुक्तानी गर्न सक्ने !

Nepal Bank
  • बैकिंङ संसार
काठमाडौँ । ‘खल्ती’ डिजिटल वालेटले नेपाल बैंक लिमिटेडसँग सम्झौता गरेको छ । समझौता गरेसँगै अब खल्तीका ग्राहकहरुले उक्त बैंकको मोवाइल बैंकिङ र इन्टरनेट बैंकिङ सेवा प्रयोग गरेर मोवाइल वालेटमा नगद लोड गर्न सक्नेछन् । ‘खल्ती’ डिजिटल वालेटका ग्राहकले नेपाल बैंकमा रहेको आफ्नो खातालाई जोडेर ‘खल्ती’मा नगद लोड नगरी सिधै बस्तु तथा सेवाको भुक्तानी गर्न सक्नेछन् ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजिक कार्यक्रममा दुवै संस्थाबीच सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा खल्तीका तर्फबाट निर्देशक अमित अग्रवाल र प्रमुख ब्यवसाय विकास अधिकृत सदित घिमिरे तथा नेपाल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र सहायक प्रमुख कार्यकारी अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका हुन् ।
योसँगै ‘खल्ती’ डिजिटल वालेटलाई जोडेर सिधै बस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने बैंकको संख्या चार पुगेको छ । ‘खल्ती’का निर्देशक अमित अग्रवाल मुलुककै जेठो बैंकले कान्छो डिजिटल वालेटलाई विश्वास गरेकामा आफूहरू गौरवान्वित भएको बताए । ठूलो संजाल र लाखौं ग्राहक भएको बैंक ‘खल्ती’सँग जोडिएपछि धेरै ग्राहकले ‘खल्ती’को सेवा उपयोग गर्ने विश्वास उनले लिए ।
यस्तै खल्तीसँग बैंक खातालाई जोडेपछि सिधै वालेटमार्फत भुक्तानी गर्न सकिने भएकाले वालेटमा नगद लोड गर्ने झण्झट ग्राहकले व्यहोर्नु पर्ने छैन । हालसम्म खल्तीका प्रयोगकर्ताहरुको संख्या १३ लाखभन्दा धेरै छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै