National

लक्ष्मी बैंक लिमिटेडले गर्यो नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति छ ब्याज ?

 Laxmi bank
  • बैंकिङ संसार 
काठमाडौं । लक्ष्मी बैंकले आज (सोमबार) नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले साउन ५ गतेदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरेको हो । सार्वजनिक गरेको ब्याजदर अनुसार बैंकले बचत खातामा अधिकतम ७.२५ प्रतिशतसम्म र १२ प्रकारका बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर प्रदान गर्नेछ । 
यस्तै मुद्दती निक्षेपमा ७.२५ प्रतिशत, सामान्य बचत खातामा ४ प्रतिशत, कल डिपोजिटमा २ प्रतिशत र डलर खातामा ३ प्रतिशतसम्म ब्याज दिने व्यवस्था गरेको छ । बैंकले कर्जामा प्रदान गर्ने ब्याजदरहरुमा आधार ब्याजदरमा २ देखि अधिकतम ५ प्रतिशत प्रिमियम थप गरि कर्जा प्रवाह गरिने जनाएको छ ।

असार मसान्तसम्म बैंकको आधारदर ९.२३ प्रतिशत रहेको छ भने बैंकले १४ देखि १७ प्रतिशतसम्मको ब्याजदरमा कर्जा दिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै