National

बैंक अफ काठमाण्डूद्धारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग, उपकरण उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्य

 Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले श्री राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आविष्कार केन्द्रलाई २ लाख ५१ हजार रुपैँया आर्थिक सहयोग गरेको हो । बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । 
कोरोना भाइरसको नियन्त्रणको लागि सुरक्षात्मक उपकरण (पिपिइ) उत्पादन गर्दै आईरहेको श्री राष्ट्रिय आविष्कार केन्द्रलाई बैंकको कर्मचारी संघले आर्थिक सहयोग गरेको हो । बैंकको कर्मचारी संघले विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्दै सामाजिक कार्यमा बैंकसँगै अग्र स्थानमा रही सेवा गरिरहेको छ । 
आविष्कार जगतमा ठुलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आइरहेका छन् । राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गर्दै आईरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वरुप उक्त सहयोग रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । अन्य बैंक तथा वित्तिय संस्थाहरु पनि सहयोग गर्न उत्साहित हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै