National

एभरेष्ट बैंकले आँखा अस्पताललाई गर्‍यो सहयोग, १० लाख १५ हजार मुल्य बराबरको उपकरण हस्तान्तरण

 Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले श्री रण अम्बिका शाह आँखा अस्पताललाई आर्थिक सहयोग गरेको छ । बैंकले अस्पताललाई १० लाख १५ हजार मुल्य बराबरको अटोरेफ्रेक्तोर मिटर र केरातोमिटर नामक उपकरण सहयोग गरेको हो । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई उक्त उपकरण हस्तान्तरण गरेको हो । 
उक्त उपकरण चस्माको पावर जाँच्नका लागि प्रयोग हुने अस्पतालले जनाएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख बिष्णु प्रसाद ज्ञवालीले उक्त मेसिन हस्तान्तरण गरेका हुन् । 
बैंकको हालसम्म ११ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले देशभरी ९५ शाखा कार्यलय, १२४ एटीएम बुथसहित अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सेवा दिदै आइरहेका छ । त्यस्तै, नेपाल सरकारको राजस्व संकलनको लागि पनि ३१ वटा संकलन केन्द्रबाट  सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime