एनएमबि बैंकको ६९ हजार ४२४ कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। एनएमबि बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ६९ हजार ४२४ कित्ता सेयर बिक्रीमा ल्याएको हो।

बैंकले सो सेयर खरिदका लागि इच्छुक जो कोही व्यक्ति, संस्थाले खरिद गर्न मिल्ने गरी सो सेयर बिक्रीमा ल्याएको हो।

सो सेयर खरिद गर्न इच्छुक सर्वसाधारणले यो सूचना प्रकाशित भएको आजको मितिले १५ दिनभित्र बैंकको कम्पनी सचिव कार्यालय बबरमहलमा आवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्