PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकका थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी

 Rastriya Banijya Bank
  • बैंकिङ संसार 
चितवन । राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको चितवन शाखामा कार्यरत थप १ कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । उनी भरतपुर चौविसकोठी शाखामा कार्यरत थिए । यसै क्रममा उनलाई कोरोना संक्रमण भएको हो । 
पछिल्ला समय पुगेका कर्मचारीहरुलाई छुट्टै आइसोलेसनको प्रबन्ध गरेको प्रमुख जिल्ला अधिकारीले बताए । यसअघि पनि राष्ट्रिय बैंकका १ कर्मचारीमा कोरोना संक्रमण भएको थियो । पछिल्लो समय बैंकिङ क्षेत्रका कर्मचारीहरुमा कोरोना संक्रमण हुनेक्रम बढ्दो देखिएको छ । जसका कारण बैंकरहरु त्रसित भएका छन् ।
यसअघि अछामको सेन्चुरी कमर्सियल बैंक, सिमराको प्रभु बैंक, रुपन्देहरुको गरिमा विकास बैंक, इटहरीको नबिल बैंक, विरगञ्जको नेपाल बंगलादेश बैंक, गुल्मीको कृषि विकास बैंक र कपिलवस्तुको राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुलाई कोरोना संक्रमण भएको थियो । यो तथ्यांकलाई हेर्दा बैंकहरुमा कोरोना संक्रमण जोखिम उच्च रहेको देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै