PRABHU BANK

गरिमा विकास बैंकले गर्‍यो ग्यालेक्सी हस्पिटलसँग सम्झौता,बैंकका ग्राहकलाई हस्पिटलको सेवामा १२ प्रतिशत छुट

 Garima Bikas Bank
  • बैंकिङ संसार 
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ग्यालेक्सी हस्पिटलसँग सम्झौता गरेको छ । बैंकका ग्राहकहरुलाई उपचार खर्चमा विशेष छुट प्रदान गर्ने उद्देश्यले उक्त सम्झौता भएको हो । बैंकका सेवाग्राहीहरुले उक्त हस्पिटलको सेवामा १२ प्रतिशत छुट पाउनेछ । 
गरिमा विकास बैंकका कर्मचारी, ग्राहक, भिसा कार्ड होल्डर र मोबाईल बैंकिङ प्रयोकर्ताहरुले उक्त हस्पिटलमा उपचार गराउँदा हस्पिटल कन्ज्युमेवल र फार्मेसी बाहेक अन्य सेवामा मात्र छुट प्राप्त गर्न सक्नेछन् । 
गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द प्रसाद ढकालले र ग्यालेक्सी हस्पिटलको तर्फबाट अध्यक्ष डा. हेमन्त मानन्धरले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 
बैंकले हालसम्म नेपालभरी ९१ वटा शाखा, ५१ वटा एटीएममार्फत ग्राहकहरुलाई सेवा उपलब्ध गराउदै आएको छ । त्यस्तै, गरिमा रेमिटका १० हजार भन्दा बढि एजेण्टमार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै