PRABHU BANK

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर घोराहीमा, सेवाग्राहीलाई सहज हुने

 Global IME Bank
  • बैंकिङ संसार 
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले घोराहीस्थित भूमीसुधार तथा मालपोत कार्यालय परिसरमा उक्त एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले आज आइतबार दाङको घोराहीमा ४०औं एक्स्टेन्सन काउन्टर सञ्चालन गरेको हो । उक्त एक्स्टेन्सन काउन्टर घोराहीका मालपोत कार्यलयका प्रमुख विनोद कुमार पौडेलले उद्घाटन गरेका हुन् । 
ग्राहकहरुको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई ध्यानमा राख्दै उक्त एक्स्टेन्सन काउन्टर सञ्चालन गरेको बैंकले जनाएको छ । साथै बैंकले मालपोत कार्यालय अन्तर्गतका सेवाग्राही र अन्य ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्नको लागि पनि यस एक्सटेन्सन काउण्टर सुरु गरेको हो । 
बैंकले हाल नेपालभर २ सय ५७ वटा शाखा, २ सय ३४ वटा एटिएम, २ सय ३ वटा शाखा रहित बैंकिङ्ग सेवा र ४० वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकमहानुभावहरुलाई बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ । त्यस्तै, ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत २० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै