PRABHU BANK

एभरेष्ट बैंकको कर्मचारीमा कोराना संक्रमण पुष्टी , २ दिनको लागि बैंकको सेवा बन्द

 Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । बैंकिङ क्षेत्रमा कोरोना संक्रमण हुने क्रम बढ्दो छ । सोही क्रममा एभरेष्ट बैंकको काठमाडौंस्थित लाजिम्पाटमा रहेको केन्द्रीय कार्यलयका कर्मचारीमा कोराना संक्रमण भएको छ । उक्त बैंकमा कार्यरत २ जना कर्मचारीमा कारोना संक्रमण पुष्टी भएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएसँगै उक्त केन्द्रीय कार्यलय २ दिनका लागि बन्द भएको छ । गएको शुक्रबार कर्मचारीहरुको नमुना संकलन परीक्षण गर्दा २ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । 
संक्रमित कर्मचारीलाई आइसोलेसनमा राखिएको छ । त्यस्तै, अरु सबै कर्मचारीहरुलाई पजि होम आईसोलेसनमा राख्नुका साथै बिरामीका सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । अहिलेसम्म एभरेष्ट बैंकका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । राजधानीभित्रकै बैंकका कर्मचारीलाई कोरोना लागेपछि सबै बैंकरहरु त्रसित भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै