PRABHU BANK

नेपाल राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै

nepal rastra bank

  • बैंकिङ संसार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । कार्तिक २२ गते मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो २ बजे बोलकबोल हुने भएको छ । राष्ट्र बैंकले २८ दिनको लागि ५ करोडको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी मंसिर २० गते परिपक्व हुनेछ ।

त्यस्तै, ९१ दिनको लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी माघ २४ गते परिपक्व हुनेछ । १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७० बैशाख २६ गते परिपक्व हुनेछ ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै