राष्ट्रिय वाणिज्य बैंकको गोरखा र जुम्लामा नयाँ शाखा विस्तार

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले गोरखा र जुम्लामा नयाँ शाखा विस्तार गर्दै सेवा सञ्जाल थप विस्तार गरेको छ। बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका ८ सिउरेनीटारमा असार १ गतेदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको जनाएको छ।

कर्णाली प्रदेश अन्तर्गत जुम्लाको सिंजा गाउँपालिका ३ नराकोटमा जेठ २६ गतेदेखि नै शाखा कार्यालय सञ्चालनमा आइसकेको छ।

उक्त  शाखाहरू सञ्चालनमा आएसँगै राष्ट्रिय वाणिज्य बैंकको कुल शाखा संख्या ३१६ पुगेको छ।

वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको बैंकले हाल सातै प्रदेशका ७७ वटै जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रसम्म बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ।

बैंकले कर्जा तथा निक्षेप सेवासँगै एटिएम, मोबाइल बैंकिङ्गलगायत आधुनिक डिजिटल बैंकिङ्ग सेवा पनि प्रदान गर्दै आएको जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्