नेपाल बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच २५ प्रतिशतसम्म छुट सम्बन्धी सुविधा

काठमाडौँ। नेपाल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ। बैंक र सो हस्पिटालिटीबीच सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक, बैंकका कर्मचारी तथा उनीहरूका परिवारका सदस्यहरूले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गत देशभर सञ्चालनमा रहेका होटल, रिसोर्ट, रेस्टुरेन्ट र क्याफेहरूमा सेवा लिँदा १० प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

उक्त सुविधा सातै प्रदेशमा रहेका समूहअन्तर्गतका २५ वटा होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरूमा लागू हुने बताइएको छ। सम्झौता पत्रमा जेठ २८ गते बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र सिद्धार्थ बिजनेस ग्रुपका व्यवसाय प्रबन्ध निर्देशक दुर्गा दत्त पन्तले हस्ताक्षर गरेका हुन्।

नेपाल बैंकले हाल देशभर रहेका २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। बैंकले आधुनिक प्रविधिको प्रयोग, दक्ष व्यवस्थापन र युवा जनशक्तिमार्फत सेवा विस्तार गर्दै प्रतिस्पर्धी रुपमा अघि बढिरहेको जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्