PRABHU BANK

लुम्बिनी विकास बैंकको चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित, खुद नाफा कति ?

 Lumbini Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकले चौथो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले असार मसान्तसम्ममा ३३ करोड रुपैयाँ कमाएको खुद नाफाको वित्तीय विवरण प्रकाशित गरेको हो । बैंकले अघिल्लो वर्ष यसै अवधिमा ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १८ करोडमा सिमित भएको छ । 
१ अर्व १० करोड रुपैयाँ खुद ब्याज आम्दानी रहेको बैंकको जगेडा कोष १ अर्व ३१ करोड रुपैयाँ रहेको छ । बैंकले आफ्ना लगानीकर्तालाई ६.६४ प्रतिशत लाभांश दिने सक्ने भएको छ । अघिल्लो वर्षको निक्षेप संकलन २१ अर्व थियो भने यस वर्ष २८ अर्व रहेको छ । त्यस्तै, कर्जा लगानी अघिल्लो वर्ष २१ अर्व थियो भने यस वर्ष बढेर २४ अर्व पुगेको छ । 
२ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको प्रति सेयर आम्दानी १२.३७ रुपैयाँ रहेको छ । त्यस्तै, बैंकको स्प्रेड दर ४.१३ प्रतिशत, आधार ब्याजदर ९.९२ प्रतिशत, कस्ट अफ फण्ड ७.८४ प्रतिशत, सीडी रेसियो ७६.२८ प्रतिशत र खराब कर्जा २.९९ प्रतिशत रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै