National

सिटिजन्स बैंकले दियो कोरोना रोकथामका लागि २० लाख १५ हजार रुपैयाँ सहयोग

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंकले कोरोना भाइरसको रोकथामका लागि कोरोना कोषमा सहयोग गरेको छ । बैंकले नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा २० लाख १५ हजार ५ सय ४ रुपैयाँ सहयोग गरेको हो । 
यसअघि पनि कोरोना नियन्त्रणका लागि संस्थागत सामाजिक उतरदायित्व वहन गर्दै बैंकले प्रत्येक प्रदेश सरकार अन्तर्गतको कोषमा ७ लाख रुपैयाँका दरले ४९ लाख रुपैयाँ प्रदान गरिसकेको छ । त्यस्तै, विभिन्न स्थानिय निकायमा खडा गरिएको कोषमा ६ लाख रुपैयाँ र विभिन्न संघ संस्थालाई ६ लाख रुपैयाँ गरि हालसम्म बैंकले ८१ लाख रुपैयाँको सहयोग गरिसकेको छ । 
बैंकले गरेको उक्त सहयोगबाट कोरोना भाइरसको रोकथाममा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । साथै, बैंकले कोरोना भाइरस महामारीको जोखिमलाई ध्यानमा राख्दै आफ्नो बैंकको एटीएम कुनै पनि बैंकको एटीएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था समेत गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै