National

एनएमबि बैंकको ५० करोड रुपियाँ बराबरको डिबेञ्चर खारेज

 NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकको ५० करोड रुपियाँ बराबरको डिबेञ्चर खारेज भएको छ । बैंकको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत ‘७ प्रतिशत एनएमबि डिबेञ्चर २०७७’नामक डिबेञ्चर खारेज भएको हो । बैंकको नेप्सेमा सूचीकृत ५ लाख कित्ता सेयर बराबरको डिबेञ्चर खारेज भएको हो । 
बैंकको भदौ ४ गतेको निवेदन बमोजिम उक्त डिबेञ्चर भदौ ५ गतेबाट परिपक्क भएको थियो । सोही डिबेञ्चर भदौ ७ गतेको निर्णय अनुसार सूचीकरण खारेज गरिएको नेप्से सूचीकरण शाखाका कामु सहायक प्रबन्धक सुबोध ढुंगेलले जनाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै