National

सिभिल बैंकको वचत तथा मुद्दती दुवैमा सर्वाधिक व्याजदर पाइने

 Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वाधिक व्याजदर पाइने बचत खाता योजना ल्याएको छ । बैंकले सबै नेपालीका लागि प्रिमियम बचत खाता योजना ल्याएको हो । बैंकले उक्त बचत खातामा वार्षिक ६ प्रतिशतका दरले व्याज प्रदान गर्नेछ । यस वचत खाताको न्युनतम मौज्दात १० हजार रुपैयाँ रहेको छ ।
यस्तै, बैंकले यस बचत खाता खोल्दा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ सेवा पनि प्रदान गर्ने भएको छ । साथै, बैंकले यसको अतिरिक्त व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक व्याज प्रदान गर्दै आईरहेको छ ।
विद्यमान कोरोना संक्रमणबाट सिर्जित कठिन अवस्थामा अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून व्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक व्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैंकले जनाएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा पनि थप यस्तै आकर्षक सेवा/योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै