National

ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीमा फेरि पनि कोरोना संक्रमण पुष्टी, संक्रमितको स्वास्थ्यस्थिति सामान्य

 Global IME Bank
  • बैंकिङ संसार 
ललितपुर । ग्लोबल आइएमई बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । बैंकको ललितपुरको ग्वार्कोस्थित शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित कर्मचारीलाई हाल आइसोलेसनमा राखिएको छ भने संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङ भईरहेको छ । 
त्यस्तै, बैंकका अन्य कर्मचारीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । संक्रमित बिरामीको स्वास्थ्यस्थिति भने अहिले सामान्य रहेको बैंकले जनाएको छ । पछिल्लो समय ग्लोबल आइएमई बैंकका बैंकरहरुमा कोरोना संक्रमण हुने क्रम बढिरहेको छ । यस अगाडि पनि यस बैंकको कैलाली शाखा, न्यूरोड शाखा र धनगढी शाखालगायतका शाखाहरुका कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टी भईसकेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै