National

सानिमा बैंकको नयाँ शाखा रुपन्देहीको भलवारीमा, का.मु प्रमुख मैनालीद्धारा उद्घाटन

 Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखा रुपन्देहीको भलवारीमा सञ्चालनमा ल्याएको हो । भदौ १५ गते रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय संचालनमा ल्याएर सानिमा बैंक बैंकिङ सेवा विस्तार गर्न सफल भएको छ । सानिमा बैंकका प्रदेश न.५ का का.मु प्रमुख रञ्जन मैनालीले उक्त शाखा कार्यालयको समुद्घाटन गरेका हुन् । 
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारीलाई मध्यनजर गर्दै बैंकले आफ्ना ग्राहकहरुलाई सेवा दिने उद्देश्यले उक्त शाखा सञ्चालन गरेको हो । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयवासीहरुलाई अत्यावश्यक बैंकिङ सेवा प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै