National

सिद्धार्थ बैंकले ल्यायो ग्रीन पिन सेवा, मोबाईलबाटै कार्डको पिन निर्धारण गर्न सकिने

 Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकले ग्रीन पिन सेवा बजारमा ल्याएको छ । बैंकले भाद्र १५ गते देखि बैंकिङ सेवा अझ बढी प्रभावकारी बनाउने उद्देश्यले ग्रीन पिन सेवा बजारमा ल्याएको हो । अब बैंकका ग्राहकहरुले डेबिट र क्रेडिट कार्डको ग्रीन पिन सिधै आफ्नो मोबाईल नम्बरमा प्राप्त गरी कार्डको पिन निर्धारण गर्न सक्ने भएका छन् ।
ग्राहकहरुले आफ्नो नयाँ कार्डको पिन सिदार्थ बैंकको कुनै पनि एटिएम वा एनइपिएस सदस्य रहेका केहि बैंकहरुको एटिएमबाट निर्धारण गर्न सक्नेछन् । यसरी पिन निर्धारण गर्न एटिएममा कार्ड राखेपछि ग्राहकहरुलाई बैंकमा रजिष्टर्ड आफ्नो मोबाईल नम्बरमा एसएमएस मार्फत ग्रीन पिन आउनेछ ।
प्राप्त भएको ग्रीन पिन ग्राहकहरुले एटिएममा राखी आफ्नोे नयाँ पिन नम्बर निर्धारण गर्न सक्नेछन् । पिन परिवर्तन भईसकेपछि कार्ड सक्रिय हुनेछ र त्यसपछि ग्राहकहरुले आफ्नो कार्ड एटिएम, पिओएस मेसिन तथा अनलाईन कारोबारमा सजिलै प्रयोग गर्न सक्नेछन् । 
उक्त सुविधाले ग्राहकलाई सहज सेवा उपलब्ध हुने, कार्ड वितरण र सक्रिय प्रक्रियामा लाग्ने समयको बचत हुनुका साथै केहि हदसम्म भएपनि कागजको प्रयोग कम भई वातावरण मैत्री बैंकिङ सेवा उपलब्ध हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै