काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका १० बस्ने कुलिन भन्ने अविनाश राना रहेका छन्।
जिल्ला अदालत नेपालगन्ज बाँकेबाट बैंकिङ मुद्दामा १ करोड ४६ लाख जरिवाना तोकिएका उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत नेपालगन्ज बाँकेबाट कैद तथा बिगो जरिबाना फैसला भएपछि उनी फरार भएका थिए। उनीमाथि दुई वटा बैंकिङ कसुर र एउटा चेक अनादरमा २ वर्ष २ महिना ९ दिन कैद फैसला भएको थियो।
इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि अदालत पेस गरिएको प्रहरीले जनाएको छ।

