बैंकिङ कसुर मुद्दामा म्याग्दीका गजिन्द्र पुन पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा म्याग्दीका गजिन्द्र पुन रहेका छन्।

म्याग्दी जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दा पाँच लाख जरिवाना र २ दिन कैद फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय म्यादीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।

उनलाई पक्राउ गरी म्याग्दी जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्