National

राष्ट्रिय वाणिज्य बैंकको नयाँ व्याजदर सार्वजनिक, यस्तो छ नयाँ व्याजदर

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले २४ प्रकारको बचत खाताको व्याजदर सार्वजनिक गरेको हो । उक्त व्याजदर बैंकले शुक्रबार (भाद्र १९ गते) देखि लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । 
बैंकले सार्वजनिक गरेको नयाँ व्याजदरमा न्युनतम ३ प्रतिशत र अधिकतम ५ प्रतिशत व्याज कायम गरेको छ । यता बैंकले साधरण मुद्दती निक्षेपमा ३ महिनादेखि ३ वर्षसम्म व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत व्याजदर तोकेको छ ।
यसैगरी विशेष मुद्दती निक्षेपमा ३ महिनादेखि १ वर्षसम्म व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत व्याजदर कायम गरेको छ भने १ वर्षदेखि ५ वर्षसम्मका लागि व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.५० प्रतिशत व्याजदर कायम गरेको छ । 

यस्तो छ नयाँ व्याजदरः

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै

Crime