PRABHU BANK

नेपाल राष्ट्र बैंकले ल्यायो बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकका लागि नयाँ व्यवस्था

 Nepal Rastra Bank
  • बैंकिङ संसार 
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका सञ्चालकका लागि नयाँ व्यवस्था ल्याएको छ । बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशिका जारी गर्दै नयाँ व्यवस्था ल्याएको हो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एउटा सञ्चालकले एक कार्यकालभन्दा बढी लगातार एउटै समितिमा संयोजक रहन नपाउने व्यवस्था गरेको हो ।
राष्ट्र बैंकले गरेको यो नयाँ व्यवस्था हो र यसअघि यस्तो व्यवस्था थिएन । बैक तथा वित्तीय संस्थाहरुका सञ्चालकले यसअघि जति कार्यकाल पनि समितिको संयोजक रहन पाउने व्यवस्था रहेको थियो ।
यस्तै सञ्चालकले पदीय मर्यादा कायम हुने गरी शिष्ट बोली, व्यवहार, कार्यशैली र आचरण प्रस्तुत गर्नु पनि राष्ट्र बैंकले भनेको छ । यसैगरी संस्थाको कार्य वातावरण बिग्रने कुनैपनि किसिमको गतिविधि गर्नु र गराउन नहुने पनि निर्देशन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै