नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ। नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले एक सूचना जारी गर्दै वैशाख २४ गतेदेखि संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो।

लघुवित्तले विभिन्न ७ संस्थापक सेयरधनीको नाममा रहेको ८६ हजार ४९३ कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक सेयरधनीलाई दिइएको छ।

लघुवित्तको सो सेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति वैशाख २४ गतेदेखि ३५ दिनभित्र निवेदन दिन सक्नेछन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्