- बैंकिङ संसार
काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डले सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फन्डले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
फन्डको भदौ २५ बसेको संचालक समिति बैठकले इकाईधनीलाई कर सहित ७ प्रतिशतका दरले हुन आउने ६ करोड २ लाख रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो । सनराइज फर्स्ट म्युचुअल फन्डको योजना व्यवस्थापकमा सनराइज क्यापिटल रहेको छ ।