prabhu

सनराइज बैंकले सुरु गर्यो ग्रिनपिन सेवा, कार्डमार्फत हुने कारोबारलाई सुरक्षित र सहज बनाउने

 Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि ग्रिनपिन सेवा सुरु गरेको छ । बैंकले सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड र अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई सुरक्षित र सहज बनाउने उद्देश्यले ग्रिनपिन सेवा सुरु गरेको हो ।
अब बैंकबाट जारी हुने डेबिट कार्ड, क्रेडिट कार्ड र अन्तर्राष्ट्रिय कार्डको हकमा कागजी पिन मेलरको आवश्यकता नपर्ने भएको छ । ग्राहकहरूले आफ्नो नयाँ कार्ड कुनै पनि सनराइज बैंकको एटीएममा हाल्ने बितिकै बैंकमा दर्ता गरेको मोबाइल नम्बरमा एसएमएस मार्फत ग्रिनपिन प्राप्त गर्न सक्नेछन् ।
सम्बन्धित व्यक्तिको मोबाइलमै पिन जाने हुदाँ यो सुविधा पहिलेभन्दा अझै सुरक्षित हुने विश्वास बैंकले लिएको छ । साथै कुनै पनि ग्राहकले पिन कोड बिर्सिएर पुनःपिन कोड माग्नु पर्ने अवस्थामा समेत ग्राहकले बैंकका कुनै पनि शाखामार्फत निवेदन दिए पश्चात तत्कालै कागज बिहिन ग्रिन पिन प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै