PRABHU BANK

सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्तको एकीकृत कारोबार असोज ५ देखि हुने

 Naya Nepal Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सारथी लघुवित्त र नयाँ नेपाल लघुवित्त एकआपसमा मर्ज भएर एकीकृत कारोबार सुरु हुने भएको छ । यी दुई लघुवित्तको एकीकृत कारोबार असोज ५ गतेदेखि सुरु हुने भएको हो । 
यी दुई लघुवित्तलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले भदौ ५ गते स्वीकृति दिएको हो । त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले भने भदौ २२ गते अन्तिम स्वीकृति दिएको हो । दुवै लघुवित्तको विलय पछि सारथी नेपाल लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ । प्राप्ति पश्चात कम्पनीको केन्द्रीय कार्यालय धुलिखेलमा रहनेछ ।
दुवै लघुवित्तको असार ८ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । दुवै कम्पनी १ः१ अनुपातमा मर्ज भएका हुन् । दुई कम्पनी एकआपसमा मर्ज हुने भएपछि गत माघ २१ गतेदेखि नयाँ नेपाल लघुवित्तको सेयर कारोबार रोक्का रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै