बेलायतका बैंकहरूका लागि नयाँ चुनौती, ग्राहकको ‘साइलेंट क्विटिङ’ बढ्दो !

काठमाडौँ। बेलायतका बैंकहरूका लागि नयाँ चुनौती थपिएको छ। अनुसन्धान तथा उपभोक्ता अनुभवसम्बन्धी संस्था ‘युजर टेस्टतिङ्ग’ को हालैको अध्ययनले बैंकहरूका लागि नयाँ चुनौती थपिएको देखाएको हो।

अध्ययनअनुसार उपभोक्ताहरूले विभिन्न बैंकमा खाता खोलेर राखेका छन्। केहीले त तलबसमेत त्यही खातामा लिने गरेका छन्। तर खर्च, ऋण लिने वा वित्तीय सल्लाह लिने काम भने उनीहरूले अन्य प्रतिस्पर्धी संस्थाबाट गरिरहेका छन्। उपभोक्ताको वित्तीय जीवन अब एउटै बैंकमा सीमित नभई विभिन्न सेवा प्रदायकहरूमा विभाजित भएको छ।

यस अवस्थालाई ‘साइलेंट क्विटिङ’ को रूपमा हेरिएको छ। जुन अहिले बैंकहरूको सबैभन्दा ठूलो चुनौती बनेको छ। ग्राहकले खाता प्रयोग गरिरहेको देखिए पनि वास्तवमा उनीहरूको बैंकसँगको सम्बन्ध कमजोर बन्दै गएको हुन्छ। धेरै बैंकहरू अब केवल आधारभूत सेवा दिने संरचनामा सीमित हुन थालेका छन्।

डिजिटल सेवा, सहज एप, क्लाउड प्रविधि, र ठगी नियन्त्रणजस्ता सुविधा अहिले प्रायः सबै बैंकमा समान रूपमा उपलब्ध छन्। यसले गर्दा बैंकिङ अनुभवहरू एकअर्कासँग झनै मिल्दोजुल्दो बन्दै गएका छन्।

विज्ञहरूका अनुसार अब प्रतिस्पर्धामा अगाडि रहन बैंकहरूले नयाँ रणनीति अपनाउन आवश्यक छ। ग्राहक अनुभवलाई प्राथमिकता दिँदै यसलाई ब्रान्ड सुधारको रूपमा नभई दीर्घकालीन रणनीतिक आवश्यकताको रूपमा लिनुपर्ने देखिएको छ।

पछिल्लो समय विश्वभर चर्चामा रहेको ‘साइलेंट क्विटिङ’ प्रवृत्ति नेपालमा पनि विस्तारै देखिन थालेको छ। यो अवधारणाले कर्मचारीहरूले आफ्नो काम छोड्नु होइन, तर तोकिएको जिम्मेवारीभित्र सीमित रहँदै अतिरिक्त काम नगर्ने अभ्यासलाई जनाउँछ।

 

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै