उपकार लघुवित्तको वार्षिक साधारण सभा जेठ १० गते

काठमाडौँ। उपकार लघुवित्त वित्तीय संस्थाले साधारण सभामा बोलाएको छ। लघुवित्तले आफ्ना सेयरधनीलाई सातौ वार्षिक साधारण सभामा बोलाएको हो ।

कम्पनीको वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई सो आगामि जेठ १० गते सो सभामा बोलाएको हो। सो सभा बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजेदेखि शुरू हुनेछ।

सभाले संस्थाको चुक्ता पूँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्न, अन्य लघुवित्तसँग मर्जरमा जान तथा सोसम्बन्धी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट नियुक्त भएका सञ्चालकको बाँकी कार्यकाल अनुमोदन गर्ने लगायतको प्रस्ताव पारित गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्