बैंकिङ कसुर मुद्दामा ६२ वर्षिय सुभासनम शाह पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दामा एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला काठमाडौं बुढानिलकण्ठ नगरपालिका वडा नं ८ घर भएका ६२ वर्षिय सुभासनम शाह रहेका छन्।

चेक अनादर मुद्दामा १ करोड २५ लाख बिगो र दुई वर्ष कैद सजाय फैसला भएपछि फरार रहेका उनलाई प्रहरीले वैशाख १५ गते पक्राउ गरेको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले एक सूचना जारी गर्दै यस्तो जनाएको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्