PRABHU BANK

नेपाल फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारणसभा असोजमा हुने

 Nepal Finance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको स्थगित वार्षिक साधारणसभा असोजमा हुने भएको छ । फाइनान्सको भदौ २८ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार साधारणसभा असोज १० गते हुने भएको हो ।
वार्षिक साधारणसभा संस्थाको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा हुने भएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठक भर्चुअल माध्यमबाट गरिने फाइनान्सले जनाएको छ ।
कम्पनीले गत भदौ ११ गते २०औं देखि २७औं सम्मका ८ वटा वार्षिक साधारणसभा एकैपटक बोलाएको थियो । तर कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण सभा स्थगित गरिएको थियो । 
कम्पनीले साधारणसभाको लागि गत साउन २६ गते बुक क्लोज गरेको थियो । त्यसैले साउन २५ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा उपस्थित हुन पाउनेछन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै